• २०८१ बैशाख १५ शनिबार

मिस इंडियाको प्रेममा क्रिकेटर डिजे ब्राभो 

kharibot

मुम्बई । अहिले आइपिएलको सिजन चलिरहेको छ । क्रिकेटको यो महाकुम्भमा भारतमात्र होइन संसारभरका क्रिकेट प्रेमीको नजर रहेको छ । 

आइपिएलकै बीचमा चेन्नई सुपरकिंग्सबाट खेल्ने वेस्टइण्डिजका चर्चित क्रिकेटर डिजे डवेन ब्राभोको प्रेम प्रसंगले चर्चा पाउन थालेको छ । क्रिकेट मैदानमा उत्कृष्ट अलराउण्डर ब्राभो मैदान बाहिर मिस इंडियासँगको प्रेममा परेको खबरले अहिले क्रिकेट प्रेमी र बलिवुडमा निकै चर्चा पाएको छ ।

आइपिएल खेलका क्रममा ब्राभोलाई हौसला दिन मैदानमा पुग्ने २००६ की मिस इंडिया नताशा सुरीलाई पछिल्लो समय ब्राभोसँग देखिन थालेपछि उनीहरुबीचको प्रेमको चर्चा चलेको हो । ब्राभोको खेलको दिन सामाजिक संजालमा शुभकामना दिने देखि विभिन्न कफी सपमा सँगै देखिएको यो जोडी अहिले अफयेर्समा रहेको बलिवुडदेखि क्रिकेट सर्कलसम्म चर्चित बनेको छ ।

पछिल्लो समय नताशालाई स्टेडियमको भिआइपी बक्समा बसेर ब्राभोलाई चियर गरेको देखिएको थियो । ब्राभो पनि हालै उनकी प्रेमिका रेजिमा रामजितसँग ब्रेकअपपछि सिंगल रहेको बेला नताशासँगको नजदिकीले आइपिएलसँगै यो जोडीको पनि चर्चा बढेको छ ।

२००६ मा मिस इंडिया बनेकी नताशा २००६ को मिस वर्ल्डमा सेमिफाइनलसम्म पुगेकी थिइन् । फिल्मी क्यारियर त्यति सफल नभएपनि हालै विवेक ओबरायसँग इनसाइड एजनामक वेभ सिरिजमा नताशा देखिएकी थिइन् । टेलिभिजनमा विभिन्न शो होस्ट गर्ने नताशा २०१७ को आइफा अवार्डको ग्रिन कार्पेटको होस्ट गरेकी थिइन् । 
    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै