• २०८१ बैशाख १४ शुक्रबार

सेयर कारोबार अर्बभन्दा बढी, उच्च अंकले बढ्यो नेप्से  

kharibot

काठमाडौं । नेप्से सूचक तथा कारोपार रकम दुबैमा आज उच्च वृद्धि देखिएको छ । नेप्से ३१ दशमलव ८३ अंकले बढेर १३ सय ६३ दशमलव एक विन्दुमा चढ्दा सेन्सिटिभ छ दशमलव २७ अंकले बढेर दुई सय ८८ दशमलव ८५ विन्दुमा चढेको छ ।

एक सय ६५ कम्पनीहरुको ११ हजार पाँच सय तीन वटा कारोबारमा २४ लाख ४० हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोबार रकम एक अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँ पुगेको छ । 

आज १० वटा समूहको कारोबार भएकोमा १० वटै समूहको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । सबैभन्दा उच्च अंकले बढेको जलविद्युत समूहको सूचक एक सय सात दशमलव ७३ अंकले बढेर १६ सय ६४ दशमलव ३२ विन्दुमा चढ्दा १० करोड छ लाख ९३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

वाणिज्य बैंक समूहको सूचक पनि ३२ दशमलव ८९ अंकले बढेर ११ सय ८१ दशमलव १६ विन्दुमा चढ्दा ३० करोड २३ लाख ६४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बिकास बैंक समूहको सूचक ६५ दशमलव ३४ अंकले बढेर १६ सय ११ दशमलव १४ विन्दुमा चढ्दा पाँच करोड ८८ लाख ३५ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

आज बीमा समूहको सूचक पनि ६३ दशमलव ५१ अंकले बढेर छ हजार नौ सय ६२ दशमलव १० विन्दुमा चढेकोमा ३९ करोड ३४ लाख ४२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, फाईनान्स, टे«डिङ, उत्पादनमुलक, अन्य र लघुबित्त समूहको सूचकमा पनि आज उच्च विन्दुले सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको ङादी ग्रुप पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० रुपैयाँले बढेर दुई सय ३१ रुपैयाँमा सेयर कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ २६ पैसाले घटेर आठ सय ३० रुपैयाँमा सेयर कारोबार भएको छ ।

रकम कारोबारका आधरमा अग्रस्थानमा परेको युनाईटेड इन्स्योरेन्स कम्पनीको ११ सय ९० रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ९२ लाख ४२ हजार आठ सय ९४ रुपेैयाँको सेयर कारोबार भएको छ भने चिलिमे हाईड्रो पावर कम्पनीको पनि प्रतिकित्ता आठ सय ३५ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड १५ लाख ५७ हजार एक सय ७० रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै