• २०८१ बैशाख १४ शुक्रबार

सिण्डिकेट अन्त्यको शुभारम्भ भयो : गृहमन्त्री थापा 

kharibot

चितवन । गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताएका छन् ।

प्रेस सेन्टर चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापा बादलले यातायात क्षेत्रबाट सिण्डिकेट अन्त्यको शुभारम्भ भएको बताए । 

गैरनाफामूलक संस्थाको रुपमा दर्ता गरेर सिण्डिकेट गरी नाफा कमाउने अधिकार कसैलाई नभएको भन्दै गृहमन्त्री थापाले यातायात सँगसँगै अन्य क्षेत्रमा सिण्डिकेट देखिएमा त्यसलाई रोक्ने बताए । यातायात क्षेत्र कसैले ठप्प पार्न नसक्ने उनले बताए । 

फरक प्रशंगमा उनले शतप्रतिशत साक्षरता अभियान सफल बनाउन आफूहरु पनि लागिपरेको बताए । विद्यालय बाहिर कोही बालबालिका नहोस् भन्ने सरकारको यो अभियान रहेको उनले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै