हराएकी किशोरी मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका 

खरीबोट

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् ।

१४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् ।

सोमबार राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी हराएकी थिइन् ।

घरपरिवारले घर वरिपरि खोजी गरेपनि प्रहरीलाई खबर गरेका थिएनन् । हराएकी किशोरीलाई आज बिहान साढे ८ बजेतिर खेतमा मृत अवस्थामा स्थानीयले देखेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बालिकाको हत्या के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी गराएका छन । 

किशोरीको मुख र खुट्टामा चोट लागेको छ । स्थानीयले बलत्कार पछि उनको हत्या भएको दाबी गरेका छन् ।
 

सम्बन्धित समाचार

बलात्कार मुद्दामा ‘बाबा’ आशाराम दोषी ठहर, १० वर्ष जेलदेखि जन्मकैदसम्म सजाय हुनसक्ने 

दक्षिण एसिया । भारत उत्तरप्रदेशकी एक नाबालिग युवतीलाई बलात्कार गरेको मुद्दामा बाबा आशारामलाई विशेष अदालतले दोषी रहेको ठहर गरेको छ । आशारामसहित तीन जना बलात्कार मामिलामा दोषी ठहर भएका छन् ।

जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा दर्ता

गुलरिया, बर्दिया ।  जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ ।  नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही दिन बस्न

भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड हुने

नयाँ दिल्ली ।  भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानूनलाई शनिबार अनुमोदन गरेको छ ।  हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५०

हराएकी किशोरी मृत फेला, बलात्कारपछि हत्या गरिएको आशंका 

रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका-६ नरेनापूरकी एक किशोरी मृत भेटिएकी छिन् । १४ वर्षे सरस्वती हरिजन घरबाट झण्डै एक किलोमिटर पर खेतमा मृत अवस्थामा भेटिएकी हुन् । सोमबार राति करिब ९ बजे