रुकुम । पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा गाडी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।
मंगलबार बिहान पश्चिम रुकुमको मेलैनाउलीबाट खोलागाउँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गर्दा शर्माको चढेको भे १ ज २४३ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मेयर शर्माको अहिले चौरजहारि सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । गाडीमा सवार अन्य ६ जना पनि घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नम्बर – ३ का लेखापाल लोकेन्द्र परियार, पार्वती न्यौपाने, तेजबहादुर बटाला, भरत शर्मालगायत रहेको प्रहरीले जनाएको छ ।
मेयर शर्माको कुमको जोर्नि भाचिएको छ भने टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।