आइपिएलमा दिल्लीको तेस्रो हार, कोलकोतासँग ७१ रनले पराजित 

खरीबोट

काठमाडौँ । आइपिएल अन्तर्गत कोलकोता नाइटराइडर्सले दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको छ ।

गएराती भएको खेलमा कोलकोताले दिल्लीलाई ७१ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १२९ रनमा अल आउट भएपछि कोलकोताले खेल ७१ रनले जितेको हो ।

दिल्लीका लागि ग्लेन म्याक्सवेलले ४७ र रिषव पन्तले ४३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्लीको ब्याटिंग अर्डरलाई सुनिल नारन र कुलदीप यादवले ध्वस्त बनाएका थिए । दुवैले तीन-तीन विकेट लिएका थिए । कोलकोताका लागि पियुस चावला, आन्द्रे रसेल, शिभम मावी र टम कुरानले एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै २०० रन बनाएको थियो । कोलकोताका लागि नितिश रानाले सर्वाधिक ५९ रन बनाएका थिए भने आन्द्रे रसेलले १२ बलमा ४१ रनको पारी खेलेका थिए । त्यस्तै रोबिन उठाप्पाले ३५, क्रिस लीयोनले ३१ र कप्तान दिनेश कार्तिकले १९ रन बनाएका थिए ।

दिल्लीका बलर राहुल तेवातियाले ३ विकेट लिए भने क्रिस मोरिस र ट्रेन्ट बोल्टले २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच कोलकोताका नितिश राना बनेका थिए ।

आइपिएल अन्तर्गत आजको खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुदै छ ।
 

सम्बन्धित समाचार

धोनी र रायडूले चेन्नईलाई जिताए, विराटको वैंगलोरको चौथो हार 

काठमाण्डौँ । आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।  गएराती भएको खेलमा चेन्नईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको चेन्नईले

दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिए, श्रेयस अय्यर बने नयाँ कप्तान

काठमाडौँ ।  आईपीएल टिम दिल्ली डेयरडेभिल्सको निराशाजनक प्रदर्शनपछि कप्तान गौतम गम्भीरले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  आईपीएलका खेल्न बाँकी खेलमा भने युवा ब्याट्सम्यान श्रेयस अय्यरले दिल्लीका लागि कप्तानको भूमिका निर्वाह

सनराइजर्स हैदरावाद हार्यो मुम्बई, राशिद बने म्यान अफ द म्याच   

काठमाण्डौँ । आइपिएल अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।   गएराती भएको खेलमा हैदरावादले लो स्कोरिंग खेलमा मुम्बईलाई ३१ रनले पराजित गरेको हो ।  हैदरावादले दिएको ११९ रनको

घरेलु मैदानमा पनि हार्यो दिल्ली, पंजाव ४ रनले विजयी  

काठमाडौं । आइपिएल अन्तर्गत दिल्ली डेयरडेभिल्स पराजित भएको छ ।  गएराती घरेलु मैदान दिल्लीको कोटला मैदानमा किंग इलेभेन पंजावसँग दिल्ली ४ रनले पराजित हुदै प्रतियोगितामा पाचौ हार बेहोरेको छ ।  यस खेलमामा