पेट्रोलियम पदार्थको मुल्य बढ्यो 

खरीबोट

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । 

निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई-दुई रुपैयाँ बढाएको छ ।

बढेको मूल्य अनुसार अब पेट्रोलको मुल्य प्रतिलिटर १०६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । 

निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य दुई रुपैयाँले बढाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदा नेपालमा पनि मूल्य समायोजन हुने गरेको छ । बढेको मुल्य राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

सम्बन्धित समाचार

 पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २र२ रुपैयाँ बृद्धि गएको हो । यो मध्यराति १२ बजेबाट

निगमले गोण्डा र बेतालपुरबाट ढुवानी हुने ट्यांकरमा लकिङ प्रणाली लागू गर्दै 

काठमाडौँ । नेपाल आयल निगमले औपचारिक रुपममै सुरुवात गरेको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा सुरु गरेको लकिङ प्रणाली अब थप दुई स्थानबाट पनि लागू हुने भएको छ ।  गत फागुनमा झापाको

बैशाख एकदेखि आयल निगमले ट्रयांकरलाई ‘लक’ प्रक्रियामा ल्याउने

बारा । नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्रयांकरहरुलाई ‘लक’ प्रक्रियामा ल्याउँने भएको छ ।  पेट्रोलियम पदार्थ बोक्दा ट्रयांकरहरुबाट हुँने गरेको चुहावटलाई न्युनीकारण गर्न यो प्रक्रिया लागु गर्ने भएको

आयल निगमले पेट्रोलमा एक रुपैया घटायो

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य रु एक घटाएको छ ।  स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित