एनआईसी एशियाको ‘ग्रोथ फण्ड’ स्टक एक्सचेन्जमा सूचिकृत

खरीबोट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु  सोमबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । 

७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट गत पुस ९ गते निष्काशन गर्नका लागि अनुमती प्राप्त गरि माघ २ गतेदेखि सर्वसाधारणमा ईकाइ बिक्री गरिएको थियो । 

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूुचिकृत भई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्न मिल्ने छ । 

कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन् । 

म्युचुअल फण्ड संगै एनआईसी एशिया क्यापिटलले पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्ध, एक लाख पन्ध्र हजार अधिक डीम्याट (डीपी) सेवा, चार बटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ । 

एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पुर्णरुपमा नलाग्ने व्यवस्था गरेको छ ।
 

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले श्रावण १ गतेबाट बैंकले मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।   यो सेवाको सुरुवात सँगै अब बैंकका आदरणीय ग्राहक महानुभावज्यूहरुले निम्न सेवाहरु मिस्ड

एनआईसी एशिया बैंककोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा  

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले तनहूँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधौ र पन्ध्रौ शाखारहित बैंकिङ्ग सेवा आषाढ ३१ गतेबाट संचालनमा ल्याएको छ ।  बैंकले

एनआईसी एशिया बैंकको नयाँ शाखा कञ्चनपुरस्थित पुनर्वासमा 

काठमाडौँ ।  एनआईसी एशिया बैंकको कञ्चनपुरस्थित पुनर्वास शाखाको एक समारोहका बिच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाबाट समुद्घाटन भएको छ ।  बैंकले मुलुक भर २२६ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा

एनआईसी एशिया बैंकको एकैसाथ ३ नयाँ शाखाको समुद्घाटन

काठमाडौँ । एनआईसी एशिया बैंकको ३ नयाँ शाखा कार्यालयहरु, गौरीगञ्ज नगरपालिका वडा नं. ३, झापा स्थित गौरीगञ्ज शाखा,  कनकाई नगरपालिका वडा नं ३, झापा स्थित सुरुङ्गा शाखा तथा ठाकुरबाबा नगरपालिका,