एपेक्स घोटाला प्रकरणमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

खरीबोट
ad

काठमाडौं । एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा ‘क’ श्रेणीका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

भेटवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो ।

जलेह्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक उनको कम्पनीले रत्नपार्कमा काठमाडौं भ्यू टावर बनाइरहेको छ । उनले कमसल जग्गा धितो राखेर तत्कालिन एपेक्स विकास बैंकबाट ११ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए ।  

नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह भएको थियो। यसरी कर्जा प्रवाह हुँदा बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैँया हानी भएको थियो ।

प्रहरीले यसअघि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

एपेक्स घोटाला प्रकरणमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

काठमाडौं । एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा ‘क’ श्रेणीका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । भेटवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार पक्राउ गरेको हो । जलेह्वर

एपेक्स घोटाला प्रकरण : राष्ट्रबैंकका कर्मचारी र गभर्नरलाई होला त कारवाही ?

काठमाडौं । पाप धुरीबाट कराउँछ भन्ने उखान यतिखेर तत्कालीन एपेक्सका बैकमा अध्यक्ष बिष्णुप्रसाद धिताल तथा अन्य सञ्चालक तथा कर्मचारीहरुको पक्राउ प्रकरणसंगै चरितार्थ भएको छ ।  केन्द्रिय अनुसन्धान व्युरोले तत्कालीन एपेक्स डेभलपमेन्ट

एपेक्स घोटाला प्रकरणमा लगानी कोषका बहालवाला कर्मचारी पनि पक्राउ 

काठमाडौँ । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा नागरिक लगानी कोषका बहालवाला कर्मचारी पनि तानिएका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले एपेक्स बैक घोटाला प्रकरणमा नागरिक लगानी कोषमा कार्यरत छविरमण