घुस लिने ट्राफिक प्रहरीविरुद्ध आरोपपत्र दायर

खरीबोट
ad

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिनेविरुद्ध आरोप पत्र दायर गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठले चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई नियन्त्रणमा लिएको जनाएको छ । 

आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको जनाएको छ । 

आयोगले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग दाबी गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए । 

सम्बन्धित समाचार

अख्तियारद्वारा कपिलवस्तुका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ

कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन

यातायातका कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग ललितपुरमा कार्यरत चार जनालाई नियन्त्रणमा लिएको छ ।  आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षामा उर्तीण गराइदिने भन्दै सेवाग्राहीसँग पैसा लिने प्रहरी

 ३७ हजार घुस मागेको आरोपमा डा यादव विरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा

अख्तियारको हेटौँडा कार्यालयमा उजुरीको चाङ

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक हजार ५७ उजुरी परेका छन् । कार्यालयले आज यहाँ आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान