विद्यालयको शुल्क वृद्धि रोक्न विद्यार्थी संगठनको दबाब, प्रधानमन्त्रीलाई ७२ घन्टे अल्टिमेटम दिने तयारी 

खरीबोट

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले विद्यालय शुल्क निर्धारण निर्देशिका कार्यान्वयनका लागि सरकारलाई ७२ घण्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने भएका छन् । 

सोमबार बिहान नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनहरुको नेविसंघ केन्द्रीय कार्यालयमा बसेको बैठकले निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि फिर्ता गर्ने विषयमा सरकारले कुनै पहल नगरेको भन्दै त्यसको विरोधमा उत्रिने निर्णय गरेका छन् ।

नेविसंघका अध्यक्ष नयनसिंह महरले खरिबोटसँग कुरा गर्दै ७२ घन्टे अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने र सरकारले चर्को शुल्कका विरुद्ध कदम नचाले शिक्षा मन्त्रालयका सम्पूर्ण काम कारवाही अवरुद्ध गरिदिने बताए ।

बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ लगाएत सहभागी थिए ।

पटक पटक भर्नाका बेला विद्यार्थीहरुले विरोध गर्ने र सरकारले सम्झौता मात्र गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दा अध्यक्ष महरले चर्को शुल्क वृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने बताए । महरले सरकारको भर्ना अभियानमा भने आफुहरुको पूर्ण समर्थन र सहयोग रहेको खरीबोटलाई जानकारी दिए ।  
 

सम्बन्धित समाचार

विद्यालय र अस्पताललाई टेलिकमको सहयोग 

काठमाडौं । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । कम्पनीले आफ्ना

तीन हजार विद्यालय पुनःनिर्माण

काठमाडौँ । सरकारले भूकम्प गएको तीन वर्षमा तीन हजार ६ सय १३ विद्यालय पुनःनिर्माण गरेको छ ।  शिक्षा पत्रकार सञ्जाल इजोनले आज यहाँ आयोजना गरेको ‘भूकम्पबाट भत्किएका विद्यालय पुनःनिर्माणको प्रगति र

काठमाडौँ महानगरद्वारा निजी विद्यालयको अनुगमन शुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको अनुगमन शुरु गरेको छ ।  नयाँ शैक्षिकशस्त्र शुरु भएसँगै नयाँ भर्नाका लागि आउने विद्यार्थीबाट विद्यालय अनुकूल भर्ना शुल्क लिएको जनगुनासो बढेपछि महानगरले अनुगमनलाई तीव्रता दिएको

तेह्रथुमको लालीगुराँस नगरपालिकाका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा

तेह्रथुम ।  तेह्रथुमको लालीगुराँस नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन शुरु गर्ने भएको छ ।  नगर क्षेत्रका सबै विद्यालयमा नयाँ शैक्षिकसत्र २०७५ शुरु भएसँगै एकै किसिमको पाठ्यक्रम लागू गरी