राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

खरीबोट

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् । 

कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा ट्रम्पको आलोचना गरेका छन् । उनले ट्रम्पको महिलालाई हेर्ने दृष्टिकोण पनि राम्रो नभएको बताएका छन् । 

कोमीले २०१६ मा अमरिकी निर्वाचनको एक साता अघि राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनको इमेल प्रकरणको छानबिन सुरु गरेर चर्चामा आएका थिए । 

सो प्रकरण बारे बोल्दै कोमीले त्यतिबेला हिलारीले चुनाव जित्नेमा आफु विस्वस्त रहेको बताए । तर परिणाम सो अनुसार नआएको बताउदै आफुले एफबिआईको निर्देशकको रुपमा गर्न सक्ने जति उत्कृष्ट काम गरेको दाबि गरे ।

ट्रम्पबारे कडा रुपमा प्रस्तुत भएका कोमीले राष्ट्रपति ट्रम्प सत्यलाई विस्वास नगर्ने व्यक्ति भएको बताए । 
 

सम्बन्धित समाचार

'फाइभजी इन्टरनेट'मा अमेरिकालाई पछि पार्दै चीन

प्रविधि । एक नयाँ अध्ययनले अर्को पुस्ताको इन्टरनेट फाइभजी प्रविधिमा चीनकै वर्चस्व रहनसक्ने देखाएको छ । अमेरिकाको ताररहित उद्योगको व्यापारिक साझेदार सीटीआईएले सोमबार प्रकाशन गरेको प्रतिवेदनअनुसार फाइभजी इन्टरनेट ल्याउने तयारीमा

राष्ट्रपति ट्रम्प अमेरिकाको राष्ट्रपति हुन नैतिकरुपमा अनफिट - पुर्वएफबिआई प्रमुख कोमी

वाशिंटन । अमेरिकाका पुर्वएफबिआई प्रमुख जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुन् नैतिकरुपमा अनफिट रहेको बताएका छन् ।  कोमीले ट्रम्पले हटाएको करिव एक बर्षपछी पहिलो पटक एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा

सिरिया अपडेट : अमेरिकाले भन्यो मिसन सफल भयो, रासायनिक हतियारको प्रयोग भए फेरी आक्रमण गरिने 

वासिङटन ।  अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियामा आफुहरुलाई

अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनद्वारा आलोचना

बेइजिङ  ।  अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ ।  चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना