शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोकिने

खरीबोट

वालिङ, स्याङ्जा ।  स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । 

स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने नियम बनाएको हो । “आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार हामीले विशेष गरी सरकारी विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने नियम पारित गरेका छौँ” नगर प्रमुख शिवकुमार गिरीले भने, “आफूले सरकारी नुनपानी खाने तर आफ्ना बालबालिका निजी विद्यालयमा पढाउने गर्नाले शिक्षाको गुणस्तरमा कमी आएको महसुस गरी यस्तो निर्णय गरिएको हो ।” 

नगरपालिकाले पारित गरेको यो नीति आगामी शैक्षिक सत्र २०७५ बाट लागू हुने चापाकोट नगरपालिकाले जनाएको छ । शिक्षकले आफ्ना बालबालिका आफैँ अध्यापनरत विद्यालयमा भर्ना गर्दा सन्देश राम्रो जाने र अन्य अभिभावकलाई पनि सरकारी विद्यालयतर्फ विद्यार्थी आकर्षित गर्न सहज हुने नगर प्रमुख गिरीले बताए । 

सरकारी विद्यालयमा पछिल्लो समय विद्यार्थीको संख्या घट्दै गइरहेका बेला नगरपालिकाले सरकारी विद्यालयमा विद्यार्थी भर्ना अभियानका लागि प्रोत्साहन पुग्ने खालका विभिन्न नयाँ कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले चालेको यो अभियान पहिलो चरणमा विशेष गरी सरकारी शिक्षक र क्रमशः सरकारी निकायका अन्य कर्मचारीमा पनि लागू गर्ने नगर प्रमुख गिरीको भनाइ छ । 

सम्बन्धित समाचार

स्याङ्जामा फोहरबाट मोहोर कमाउँदै

स्याङ्जा । देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेको चार वर्षको अवधिमा रु १७

आलु खेतीबाट समृद्धि खोतल्दै जिमूहाका किसान

वालिङ, स्याङ्जा । गल्याङ नगरपालिका–११ जिमूहाका किसानले सामूहिक आलु खेतीका माध्यमबाट आर्थिक समृद्धिको बाटो रोजेका छन् ।  जिमूहा कृषि उपज कृषक सहकारी संस्थामा आवद्ध ५६ जना कृषकले दश रोपनी जग्गामा आलु

स्याङ्जा २ बाट उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित 

काठमाडौँ । स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका नेता, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ पराजित भएका छन् ।  यस क्षेत्रबाट प्रतिनिधि सभामा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार पद्या

छ महिनादेखि बेपत्ता स्याङ्जाका पाण्डे काभ्रेमा फेला परे

काठमाडौँ / झण्डै छ महिनाअघिदेखि बेपत्ता स्याङ्जाका गंगाधर पाण्डे काभ्रेपलाञ्चोकमा फेला परेका छन् । मानसिक सन्तुलन नभएका पाण्डेलाई समाजसेवी दुर्गानाथ दाहालले फेला पारी परिवारको जिम्मा लगाएका हुन् । केही दिनअघि मानसेवा