• २०८१ बैशाख १५ शनिबार

लक्ष्मी बैंकले ल्यायो भीबीभी कार्ड 

kharibot

काठमाडौं । लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुविधा प्रदान गर्ने उद्देश्यले भिसाद्वारा प्रमाणित थ्रिडी सेक्युर सर्भिसयुक्त भिसा तथा डेबिट कार्ड प्रयोगमा ल्याएको छ ।

कम्पनीले यो कार्ड सिष्टम सुरक्षित भएकोले यसले ग्राहकलाई अनधिकृत कारोबार हुनबाट जोगाउने कम्पनीको भनाइ छ ।  

एक पटक रजिस्टर्ड गरेपछि भिसा डेबिट कार्डका प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इन्टरनेटको माध्यमले सुरक्षित एवं सहज रुपमा अनलाइन इकमर्सको कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनलमार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराइएको हो ।

भारतको आइजिलियन्ट टेक्नोलजिज प्रालिको प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको बैंकले जनाएको छ ।

उक्त सेवा सुचारु गर्नको लागि बैंकका भिजा डेबिटकार्ड प्रयोगकर्ताले कारोबार गर्दाको अवस्थामा वा यस बैंकको वेबसाइट www.laxmibank.comमा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्ने बैंकले जनाएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै