• २०८१ बैशाख १६ आइतबार

अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी

kharibot

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित रहेको ट्रम्प टावरको पचासौं तलामा शनिबार राति आगलागी भएको छ । 

आगलागीमा एकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् । 

न्युयोर्कको प्रहरीका अनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो । 

उनलाई स्थानीय माउन्ट सिनाइ रुजबेल्ट अस्पतालले मृत्यु भएको जानकारी दिनुका साथै सो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

उद्धारकार्यमा खटिएका प्रहरीले आगलागी ठुलो र अपार्टमेन्टको पचासौं तलामा भएकोले पनि आगलागी नियन्त्रण गर्न निकै गाह्रो भएकोले सँगै रहेका अन्य भवनसमेत त्यसको असरमा परेको जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै