• २०८१ बैशाख १५ शनिबार

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, कुन क्लब कोसँग परे ?

kharibot

काठमाडौँ । युरोपको प्रतिष्ठित फुटबल क्लबहरुबीचको प्रतियोगिता च्याम्पियन्स लिगको लिग चरणको ड्र सार्वजनिक भएको छ ।

आगामी सेप्टेम्बर १२ देखि सुरु हुने प्रतियोगिताको लिग चरणको ड्र सार्वजनिक भएको हो ।

ईङलिश क्लब टोटनह्याम रियल म्याड्रिड, ड्रोटमण्डको समुहमा परेको छ भने अन्य ईङलिश क्लबहरु म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लिभरपुल र चेल्सी तुलनात्मक रुपमा कमजोर टिमसँग परेका छन् ।  उनीहरुलाई अन्तिम १६ मा जान सजिलो हुने देखिएको छ ।

यस सिजनको च्याम्पियन्स लिगको फाइनल युक्रेनको केइभ ओलम्पिक स्टेडियममा मे २६ मा हुने भएको छ ।  

३२ क्लवलाई ८ समुहमा विभाजन गरिएको छ ।

च्याम्पियन्स लिगको लिग चरणको ड्र यस्तो छ :

समुह ए : पोर्चुगलको बेनेफिका, इंगल्याण्डको म्यानचेस्टर युनाइटेड, स्वीजरल्याण्डको बासल र रुसको सीएसकेए मस्को । 
समुह बी : जर्मनिको बायर्न म्युनिख, फ्रान्सको पीएसजी, बेल्जियमको एन्डरलेच र स्कटल्याण्डको सेल्टिक । 
समुह सी : इंगल्याण्डको चेल्सी, स्पेनको एथलेटिको मड्रिड, इटालीको एएस रोमा र अजरबैजानको क्वाराबाग । 
समुह डी : इटालीको युभेन्टस, स्पेनको बार्सिलोना, ग्रीसको ओलम्पियाकोस र पोर्चुगलको स्पोर्टिङ लिस्बन । 
समुह ई : रुसको स्पार्ताक मस्को, स्पेनको सेभिल्ला, इंगल्याण्डको लिभरपुल र स्लोभेनियाको मारिबोर । 
समुह एफ : युक्रेनको शक्तार दोनेस्क, इंगल्याण्डको म्यानचेस्टर सिटी, इटालीको नापोइल र हल्याण्डको फेयेनोर्ड । 
समुह जी : फ्रान्सको मोनाको, पोर्चुगलको पोर्टो, टर्कीका बेसिक्तास र जर्मनीको आरबी लेप्जिग ।
समुह एच : स्पेनको रियाल मड्रिड, जर्मनीको बोरुसिया डर्टमन्ड, इंगल्याण्डको टोटनह्याम र साइप्रसको एपोइल ।

पढ्नै पर्ने

लोकप्रिय