• २०८१ बैशाख १५ शनिबार

मनसुनी गतिविधि केहिदिन अझै जारी रहने

kharibot

काठमाडौँ ।  पश्चिमी वायुको प्रभावले बुधबार देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ । 

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा आज बुधबार ११.४ मिलिमिटर वर्षा भएको छ । 

बुधबार देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ । काठमाडौँको बुधबारको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै