• २०८१ बैशाख १४ शुक्रबार

नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच सम्झौता

kharibot

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच एक समारोहको आयोजना गरी द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । 

बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागि दुवै पक्षले सहकार्य गरी नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षिय सम्झौतामा हस्ताक्षर गरेका छन् । 

नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धकविजय रिमालले बताए । 

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउंदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराईयो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै