• २०८१ बैशाख १४ शुक्रबार

स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, डा.लोहोनी बने स्वास्थ्य विभागको महानिर्देशक 

kharibot

काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.गुणराज लोहनी नियुक्त भएका छन् । 

स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक लोहनीलाई केही समयदेखि खाली रहेको विभागको महानिर्देशक पदमा नियुक्त गर्नुभएको स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए । 

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा बाह्रौँ तहका कर्मचारी नियुक्त गर्नुपर्ने प्रावधान भएपनि लोहनी एघारौँ तहका कर्मचारी हुन् । स्वास्थ्य मन्त्रालयको बाहौँ तहमा हाल प्रमुख विशेषज्ञ डा सुवास प्याकुरेल मात्र छन् भने बाह्रौँ तहको तीन पद खाली छ । 

त्यसैगरी मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखामा महेन्द्र श्रेष्ठलाई ल्याइएको छ भने यो जिम्मेवारी हेरिरहनुभएका डा श्रीकृष्ण गिरीलाई बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । श्रेष्ठ यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख थिए । 

स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठलाई वीर अस्पतालमा सरुवा गर्दै अनुगमन तथा मूल्यांकन महाशाखामा व्यवस्थापन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अनुगमन महाशाखामा व्यवस्थापन महाशाखाका डा भीमसिंह टिंकरीलाई, व्यवस्थापन महाशाखाको जिम्मेवारी डा विकास देवकोटालाई, परिवार स्वास्थ्य महाशाखामा डा तारा पोखरेललाई ल्याइएको छ । 

यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा केदार सेञ्चुरीलाई ल्याइएको छ । यसको जिम्मेवारीमा रहेका डा.भीम आचार्यले अवकाश पाएपछि वीर अस्पतालमा कार्यरत सेञ्चुरीलाई राज्यमन्त्री अर्यालले सो जिम्मेवारी दिएको उपसचिव खनालले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै