• २०८१ बैशाख १५ शनिबार

निगमले गोण्डा र बेतालपुरबाट ढुवानी हुने ट्यांकरमा लकिङ प्रणाली लागू गर्दै 

kharibot

काठमाडौँ । नेपाल आयल निगमले औपचारिक रुपममै सुरुवात गरेको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा सुरु गरेको लकिङ प्रणाली अब थप दुई स्थानबाट पनि लागू हुने भएको छ । 

गत फागुनमा झापाको चारआलीबाट औपचारीक रुपमा लकिङ प्रणाली सुरु गरेको नेपाल आयल निगमले गोण्डा (भारत)–नेपालगञ्ज र बेतालपुर (भारत)–भैरहवाबाट ढुवानी हुने पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा पनि लकिङ (ताल्चा) लगाउने तयारी गरेको हो ।

१८ सय ट्यांकरमध्ये ५९ ट्यांकरमा मात्रै लकिङ

निगमका प्रवक्ता विरेन्द्रकुमार गोइतले अबको दुई महिनाभित्रमा ती नाकाबाट आयात हुने ट्यांकरमा लकिङ गरिने जानकारी दिए । उनले कुल १८ सय ट्यांकरमध्ये हालसम्म ५९ वटा ट्यांकरमा लकिङ प्रणाली जडान गरिएको जानकारी दिए । नेपाल आयल निगमले विगत दुई वर्षदेखि भारतबाट पेट्रोलियम पदार्थ आयात गर्दा नै ट्यांकरमा लकिङ प्रणाली लागू गर्ने नीति अख्तियारी गरेको थियो । 

तर, ट्यांकर व्यवसायीहरुको असहयोगका कारण उक्त प्रणाली गत फागुनदेखि लागू भएको हो । यसमा पनि व्यवसायीहरुले अवरोध गरेका थिए । व्यवसायीहरुको अवरोधलाई निषेध गर्दै निगमले अब भारतबाट आयात हुँदै आएका ट्यांकरहरुमा ढुवानी स्थलमै लकिङ गरी नेपाल ल्याउने भएको छ ।

लकिङ प्रणाली लागू नहुँदा पेट्रोलियम पदार्थ चोरी हुने र तापक्रमको घटबढले पनि पेट्रोलियम पदार्थको तौल घटेको भन्दै व्यवसायीहरुले ठग्दै आएका थिए । नेपाल आयल निगमकै कर्मचारीहरुको मिलेमतोमा पनि पेट्रोलियम पदार्थ चोरी भएका घटनाहरु बाहिर आएका थिए । यसलाई रोक्नका लागि पनि यो प्रणालीले निकै सहयोग पुग्ने अपेक्षा गरिएको  छ । 

निगमका प्रवक्ता गोइतले भने, ‘पेट्रोलियम पदार्थको ढुवानीका क्रममा लगाइएको लकिङ प्रणालीले पहिला हुँदै घटनाहरु दोहोरिएका छैनन्, तापक्रमकै कारण पेट्रोलिम पदार्थको परिणाम घटेको भन्ने विवरण आएको छैन ।’ पेट्रोलियम पदार्थमा हुँदै आएको चुहावट तथा चोरी रोक्नु नै लकिङ प्रणालीको मुख्य उद्देश्य रहेको निगमले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै