• २०८१ बैशाख १४ शुक्रबार

दर्शकका साथै कलाकार, राजनीतिज्ञ र प्रधानसेनापतिलाई पनि मनपर्यो ‘शत्रु गते’

kharibot

काठमाडौँ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले व्यवसायिक सफलता त पाएको छ नै साथै दर्शकबाट राम्रो प्रतिक्रिया पनि बटुली रहेको छ । 

फिल्मको वर्ड अफ माउथ बलियो भएपछी यसले ब्यापारमा कमि आउँन दिएको छैन । फिल्मले दोस्रो सातामा प्रवेश गर्दा ५ करोड भन्दा बढीको व्यापार गरिसकेको छ । साथै फिल्मले राम्रो वर्ड अफ माउथ पाउदा यसलाई शीर्षस्थ व्यक्तित्वहरुले पनि चासोका साथ हेरिरहेका छन् । 

केहि दिन अगाडी मात्र पुर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवार सहित फिल्म हेरेका थिए । यसै फिल्मलाई पछिल्लो समय प्रधानसेनापति राजेन्द्र बहादुर क्षत्रीले परिवार सहित हेरेका छन् । उनले राजधानी स्थित क्युज सिनेमामा स-परिवार फिल्म हेरेका हुन् । 

आयोजित विशेष शो मा फिल्मलाई प्रधानसेनापति क्षत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी, नेत्री तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित हेरेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतको अभिनय रहेको छ ।

फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् ।

यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै