• २०८१ बैशाख १४ शुक्रबार

पोखरा महानगर कार्यालयमा फेसबुक प्रतिबन्ध

kharibot

पोखरा ।  पोखरा लेखनाथ महानगरपालिकाको कार्यालय समयमा फेसबुक बन्द गरिएको छ । 

मोबाइल, ल्यापटप र डेस्कटपमा कर्मचारीले फेसबुक चलाउँदा सेवा प्रवाह नै प्रभावित भएको गुनासो आएपछि प्रमुख मानबहादुर जिसीको निर्देशनमा कार्यालय समयमा फेसबुक बन्द गरिएको हो । 

बिहान १०ः१५ देखि ४ बजेसम्म महानगरको कार्यालयमा जोडिएको इन्टरनेटबाट फेसबुक नचल्ने बनाइएको सूचना प्रविधि अधिकृत अशोक द्वारेले जानकारी दिए । 

उक्त समयमा फेसबुक नचल्ने बनाइएको छ । व्यक्तिसँग भएको निजी मोबाइल डाटाबाट फेसबुक चल्न सक्ने भएकाले, तोकिएको समयमा कर्मचारीले फेसबुक चलाएको पाइए तत्काल कारबाही गरिने प्रमुख जिसीले बताए । इन्टरनेटको राउटरमै फेसबुकको वेबसाइट ब्लक गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै