• २०८१ बैशाख १५ शनिबार

प्राधिकरणको कामको प्रगतिसँग प्रधानमन्त्री ओली असन्तुष्ट, पुनःनिर्माणलाई गति दिन निर्देशन

kharibot

काठमाडौँ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्को बैठकले पुनःनिर्माणको काम हरसम्भव उपाय अवलम्बन गरेर पूरा गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको परामर्श परिषद्को बैठकमा भूकम्पपछिको पुनःनिर्माणमा हालसम्म भएको प्रगतिको समीक्षा भएको प्रवक्ता यामलाल भुसालले जानकारी दिए । 

परामर्श परिषद्को आइतबारको बैठकपछि पुनःनिर्माणको बाँकी कार्यलाई थप प्रभावकारी र चुुस्त ढंगबाट अघि बढाउन विस्तृतरुपमा छलफल गर्न आगामी मंगलबार निर्देशक समितिको बैठक बोलाउने निर्णय भएको प्रवक्ता भुसालले बताए । 

बैठकमा प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफु सन्तुष्ट नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले पुनःनिर्माणको कामलाई कुनै पनि बहानामा नअल्झाउन तथा हरसम्भव प्रयास गरेर पूरा गर्न निर्देशन दिए । 

“निर्माणको काम धिमा गतिमा भयो”, प्रधानमन्त्री ओलीले भने, “यसलाई गति दिनुपर्छ । कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भनेर सरकारले दिने अनुदान रोक्नु जायज होइन ।” 

“भूकम्प गएको तीन वर्षपछि मापदण्डको फित्ता र डण्डी लिएर गएर हुँदैन । निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनुपर्दछ,” उनले भने । 

पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका घरधनीलाई पनि अनुदान रकम उपलब्ध गराउन निर्देशन दिँदै उहाँले ऐन कानूनले केही अफ्ठ्यारो पार्छ भने सच्याएर अरुले पाएसरह सुविधा दिने व्यवस्था गर्नुपर्दछ । 

प्रधानमन्त्री ओलीले सिंहदरबार भवन पुनःनिर्माण विश्वविद्यालयमा पढेर आएर अभ्यास गर्ने ठाउँ नभएको उल्लेख गर्दै सिंहदरबारको मूल भवनमा भइरहेको रेट्रो फिटिङको ढिलाईप्रति असन्तुष्टि जनाए । 

अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा शुरु गरेको ‘म बनाउँछु मेरो धरहरा’ कार्यक्रम अलपत्र परेकोमा अब तिव्रता दिइनेछ भने। 

परिषद्मा १४ जना सांसद मनोनीत 

प्रधानमन्त्री ओलीले भूकम्प अतिप्रभावित क्षेत्रका १४ जना सांसदलाई परिषद्मा मनोनीत गरेका छन् । 

मनोनीत हुनेमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्यामकुमार श्रेष्ठ, अग्नि सापकोटा, गंगाबहादुर तामाङ, हरिबोल गजुरेल, प्रेम सुवाल, गगनकुमार थापा, मोहन आचार्य, भूमि त्रिपाठी, हितबहादुर तामाङ, पम्फा भुसाल, विरोध खतिवडा र हरिराज अधिकारी रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै