• २०८१ बैशाख १४ शुक्रबार

रुस्लान डिपिएल-२ को ट्रफी सार्वजनिक 

kharibot

कैलाली । रुस्लान डिपिएल-२ टि-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।

शनिबारदेखि धनगढीमा आयोजना हुने प्रतियोगिताको शुक्रबार खेल मैदानमा पत्रकार सम्मेलन गरी विजेता टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र प्रतियोगितामा सहभागी ६ वटै टिमका टिम कप्तानहरुले संयुक्तरुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

सो अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका विराटनगर किंग्सका कप्तान पारस खड्काले डिपिएलजस्ता घरेलु प्रतियोगितामार्फत् नेपालको क्रिकेट विकासमा सहयोग पुग्ने बताए ।

त्यस्तै, रुपन्देही च्यालेन्जर्सका कप्तान शक्ति गौचनले डिपिएलले नेपाली क्रिकेट खेलाडीहरुलाई थप हौसला प्रदान गरेको उल्लेख गरे ।

काठमाडौं गोल्डेनका कप्तान ज्ञानेन्द्र मल्ल, टिम चौराहा धनगढीका कप्तान सोमपाल कामी, सीवाइसी अत्तरियाका कप्तान सुवास खकुरेल र महेन्द्रनगर युनाइटेडका कप्तान विनोद भण्डारीले पनि आ–आफ्नो धारणा राख्दै डिपिएलमा कुनै टिमकोभन्दा पनि क्रिकेट खेलको जित हुने विश्वास व्यक्त गरे ।

डिपिएलको उद्घाटन खेल शनिबार टिम चौराहा धनगढी र काठमाडौं गोल्डेनबीच हुने छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै