• २०८१ बैशाख २७ बिहीबार

मुक्तिनाथ विकास बैंकको नेपालगञ्ज, धम्बोजी चोकको शाखाको उद्घाटन 

kharibot

नेपालगञ्ज । मुक्तिनाथ विकास बैंकको नेपालगंज उपमहानगरपालिका वडा नं. १ धम्बोजीमा रहेको नेपालगंज शाखाको शुक्रबार नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि बैश्यले बैंकिङ्ग क्षेत्रमा मुक्तिनाथ विकास बैंकको मोडेल राम्रो लागेको कुरा बताउदै साना उद्योग तथा उत्पादिनशील क्षेत्रमा लगानी बृद्धि गरि स्वदेशमै रोजगारीको अवसरहरु सृजना गरेमा देशको आर्थिक अवस्था पनि मजबुत हुने बताए । सो क्रममा उनले बैंक कृषि तथा उद्योग मैत्री भई स्थानीयलाई सरल र सुलभ सेवा प्रदान गर्दै उत्तरोत्तर प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव डण्डपानी ढकालले गरेका थिए भने बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको भावी योजनाको बारेमा व्याख्या गर्दै बैंकलाई बर्तमान अवस्थामा ल्याउनको लागि सहोग गर्ने सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुलाई आभार ब्यक्त गरेका थिए । 

कार्यक्रमका बिशिष्ट अतिथि नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका उप–निर्देशक कमल प्रकाश कालाथोकीले बैंकलाई शुभकामना दिदैं बैंकले कर्जाको आवश्यकता पहिचान गरि सोही क्षेत्रमा लगानी गरि साना साना कर्जा प्रबाह गर्दै सबैलाई उद्यमी बनाउन सहयोगी भूमिका खेल्नु पर्ने बताए ।

उक्त कार्यक्रममा नेपालगंज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, भेरी सहकारी संस्था लि.का अध्यक्ष, उद्योग बाणिज्य संघ वरिष्ठ सदस्य तथा उज्वल पुस्तक पसलका प्रोप्राईटर वसन्त लामिछाने, क्यान महासंघ बाँकेका पूर्व उपाध्यक्ष तथा सेन्चुरी ईन्फोटेक नेपालगंजका सञ्चालक संजय थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

समुद्घाटन कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमका सभापति बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बैंकको नितिगत ब्यवस्था नै न्यून वर्गका जनताहरुको आय आर्जन उकास्ने र अर्थतन्त्रलाई सृदृढ बनाउने खालको भएको बताए । सो क्रममाम उनले रेमिटान्स हातमा होईन खातामा हुनुपर्छ भन्ने कुरा लाई जोड दिदै बैंकले आफ्नै मुक्तिनाथ रेमिटान्सबाट देश भरि सेवा प्रदान गर्दै आईरहेको कुरा समेत जानकारी गराए ।

साथै उनले उक्त शाखा सञ्चाल सगैं बैंकले उपत्यका भित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६६ वटा शाखा सहित कुल ७५ वटा शाखा कार्यालयबाट रेमिटान्स सेवा, सि–आस्बा तथा वित्तीय सेवा प्रावह गर्दै आईरहेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै