• २०८१ बैशाख १५ शनिबार

सार्वजनिक जग्गा खोज्न प्रमुख शाक्यको निर्देशन

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ३२ वटै वडा अध्यक्षलाई सार्वजनिक जग्गाको जानकारी गराउन निर्देशन दिएका छन् । 

कामपाले करीव दुई हप्तादेखि प्रमुख शाक्यकै अगुवाईमा सार्वजनिक जग्गाको जानकारी लिन थालेको हो । विसं २०७२ मा गएको विनाशकारी भूकम्पका बेला सार्वजनिक जग्गाको पहिचान हुन नसक्दा समस्या भएकाले अनुगमनलाई तीव्रता दिएको कामपाले जनाएको छ । 

नगरप्रमुख शाक्यले सार्वजनिक जग्गा खोज्ने जिम्मा दिँदै अतिक्रमण हटाउन र त्यसलाई उपयोग गर्ने योजना बनाउनेसम्मको अधिकार वडा कार्यालयलाई नै प्रत्यायोजन गरिसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन ९२०७४० ले सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी मूलरुपमा स्थानीय तहलाई दिएको छ । 

धेरै सार्वजनिक जग्गा केही व्यक्ति वा संस्थाले प्रयोग गरिरहेको पाएपछि सार्वजनिक जग्गा सार्वजनिक रुपमा नै राख्नका लागि पहिचान गर्न थालेको कामपाका निर्देशक नवराज ढकालले राससलाई जानकारी दिए । 

वडा नं। ३ को कार्यालय भवनसँगै जोडिएको साढे ६ आना जग्गा फिर्ता लिएर महानगरले अभियानको थालनी गरेको छ ।

अहिले काठमाडौँ महानगरपालिकामा ३२ वडा छन् । जसमा करिब १५ वटा वडा भित्री शहरमा पर्दछ । यति नै जग्गा रहेको छ भन्ने एकिन जानकारी भए पनि धेरै सार्वजनिक जग्गाहरु बाहिरी वडामा पर्दछन् । 

अभियानअन्र्तगत वडा नं। ३ मा मात्र सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा भेटिएको छ । जुन जग्गाको मूल्य रु सात करोड बराबरको छ । 

अब विश्वहिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायत्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्कालै सार्वजनिक प्रयोजनमा फिर्ता ल्याउने कामपाले जनाएको छ । 

सबै सार्वजनिक जग्गालाई संरक्षित जग्गामा परिणत गरी बाल उद्यान, ज्येष्ठ नागरिकको आरामस्थल, बिहान बेलुका हावा खाने ठाउँका रूपमा विकास गर्ने र सार्वजनिक जग्गा सबैको साझा रुपमा राखिने पनि बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै