• २०८१ बैशाख १४ शुक्रबार

एमाले-माओवादी एकतापछि नयाँ पार्टीको संरचना यस्तो हुने, जनयुद्ध र सूर्यमा कुरा मिल्न बाँकी

kharibot

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नयाँ पार्टीका लागि गठित अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल नेतृत्वको कार्यदलको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिइसकेको जनाउँदै अब दुई अध्यक्षलाई बुझाउने तयारीमा गरेको हो ।

केन्द्रीय कमिटि २९९ सदस्यीय हुने :

मस्यौदा समितिले नयाँ पार्टीको केन्द्रीय कमिटि २९९ सदस्यीय बनाउने सहमति जुटाएको छ । 

जस अनुसार पोलिटब्युरो सदस्य करिब ९० देखि १०० जनाको बीचमा रहने भएका छन् । स्थायी समितिमा ३५ जनासम्म रहने सहमति जुटेको छ । 

पदाधिकारी भने दुई अध्यक्ष मात्रै रहने भएका छन् । त्यसैगरी नयाँ पार्टीको जिल्ला कमिटि पनि ७५ देखि १२५ जनासम्म राख्ने गरी कार्यदलले सहमति जुटाएको छ ।

नयाँ पार्टीमा नौवटा तह हुने :

मस्यौदा समितिले नयाँ पार्टीका नौवटा संरचना रहने गरि टुंगाएको छ । जसअनुसार नयाँ पार्टीमा केन्द्रीय निकाय (स्थायी, पोलिटब्यूरो, केन्द्रीय सदस्य), राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटि, प्रदेशसभा कमिटि, जिल्ला कमिटि, नगर–गाउँ कमिटि, वडा कमिटि र प्राराम्भिक (टोलटोल) कमिटि) हुनेछन् ।

यी कमिटिमध्ये केन्द्र,  प्रदेश,  जिल्ला,  गाउँ–नगर र वडा कार्यकारी हैसियतमा रहने भएका छन् । 

जनयुद्ध र सूर्य बाँकी

एमाले नेता तथा मस्यौदा समितिका सदस्य बेदुराम भुसालले चुनाव चिन्ह र जनयुद्ध शब्द मात्रै टुंगिन बाँकी रहेको उल्लेख गरे । ‘हामीले सबै कुरा टुंग्याएका छौँ, जनयुद्ध र चुनाव चिन्ह टुंगिन बाँकी रहेको छ’ भुसालले भने, ‘माओवादीबाट सूर्यको भित्र हँसिया हथौडा राख्नुपर्ने प्रस्ताव आएको छ । जनयुद्ध शब्दलाई दुई अध्यक्षले टुंग्याउनुहुन्छ ।’

माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्न गरेको प्रस्तावलाई एमालेले भने अस्वीकार गरेको थियो । भुसालका अनुसार अन्य सबै विषयमा सहमति भइसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै