काठमाडौँ महानगरपालिकाका कर्मचारीले मनाए तीज 

खरीबोट

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुलार्य विशेष शुभकामना दिंदै तीज पर्व विवाहित महिलाहरुले आफना पति तथा परिवारको दीर्घायुको लागि मनाइने पर्व भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख हरि प्रभा खडगीले महिला कर्मचारीहरुलाई तीजको शुभकामना दिंदै आफना आमा बुवा नभएकोले महानगरपािलकाका प्रत्येक महिला कर्मचारी आफना आमा  भएको बताउंदै अव हरेक वर्ष महानगरपालिकाले तीजको कार्यक्रमलाई  निरन्तरता  दिने बताइन् ।

कार्यक्रममा महानगर प्रमुख शाक्य र उपप्रमुख हरि प्रभाले महानगरमा कार्यरत महिला दिदी बैनीहरुलाई तीजको उपहार प्रदान गरेका थिए ।

महानगरपालिकाकी उपमेयर हरि प्रभा खडगी श्रेष्ठको सभापतित्वमा भएको सो विशेष तीज कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम शर्मालगायत महानगरपालिकामा कार्यरत महिला विभागीय प्रमुख ,महिला अधिकृत कर्मचारी तथा अन्य विभिन्न  विभागमा  कार्यरत महिला कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

परापुर्व कालदेखि हिन्दु नारीहरुले मनाउने तीज पर्व मुख्यत भाद्र शुक्ल द्धीतियादेखि पंचमीसम्म चार दिन मनाउने गरिन्छ ।
 

सम्बन्धित समाचार

कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतीजा

भक्तपुर, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको

“तीजको लहर चल्यो बरी लै”

बारा ।  तीजको लहर आयो बरी लै ! तीजको लहर आयो बरी लै !! हंङ्खङ्गको साडीले नेपालको धुलो उडायो ! छम छम छम !! यस्ता यस्तै तीज गीतको गुन्जनसँगै सोमवार मध्य तराई

मौलिकता हराएको तीज

काठमाडौँ । नेपाल पर्वै पर्वको देश हो भन्दा पनि फरक नपर्ला किनकि महिना/दुई महिनामा अझ कतिपय त १५ दिनको अन्तर पनि हुँदैन, एउटा पर्व मनाउन नभ्याउँदै अर्को पर्व आइहाल्छ ।

बाबुको मुख हेर्ने औंसी र तीजको अवसरमा टेलिकमको डाटा छुट

काठमाडौं । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत जीएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड