• २०८१ बैशाख १४ शुक्रबार

अझै कहिले सम्म ? (कविता)

kharibot

म पाईला चाल्दै थिएँ ...
कोही खोलाको किनारमा बसी
गिट्टि कुटिरहेका थिए
एक भलादमी आएर यो भएन भन्दै
ति कामदारलाई बोलिले नै कुटिरहे
बिचरा ति व्यक्ति सहि रहेथे केही आश लिएर
हाकिमले केही दिन्छ कि भनेर !!
अझै कम भएन यो संघर्ष कहिले सम्म?

फेरी पाइला चाल्दै थिए म ...
जब म पूजा गर्न भनि मन्दिर पसे
एक भद्र भलादमी मान्छे 
सानो कुकुरको छाउरो लिएर मन्दिर पसे
जस्ले मन्दिर बनायो ऊ किन बाहिरियो !!
अझै अपमान कम भएन यो कहिले सम्म ?

फेरी आफ्ना पाईला चालिरहे म...
यहाँ मरूञ्जयाल खेत खन्छ किसान
एक भलादमीले बाली उठाउछ 
विचरा किसान हलो र जुवा समाउँछ
आँखा बाट आँसू खसाल्छ
एक मुठी खानका लागि 
भलादमीहरूको थिचाई सहीरहन्छ !!
अझै कम भएन यो थिचाई कहिले सम्म?

फेरी पनि पाइला अघि बढाउँदै थिए म....
जब म शहरको गल्ली मा बसीरहे
एउटा बाटो ठिटो मज्जाले गफ दिदै थियो
भिसा छिट्टै लाग्छ तपाईको 
पैसा तिर्नु होला मलाई अलिकति भन्दै
विचरा सोझो साथिहरू पैसा र पासपोर्ट 
हातमा बोकी बढो चिन्तित मा थिए !!
अझै कम भएन यो असमानता  कहिले सम्म ??

फेरी पनि शहर मै घुमिरहेकी थिए म...
एक सभ्य र भलादमी पुरूष 
पजेरो बाट फोहोर फ्याली रहेको थिए
त्यही फोहोर गरिब घरको सानो बाबुले बटुलिरह्यो
ति भलादमीले कस्तो खाते रहेछ भनिरहे
विचरा ति बालक सर अरू फाल्नुस न भनिरहे !!
अझै कम भएन यो अन्याय कहिले सम्म??

अन्त:
झुटको खेती त मज्जाले पो गरिदो रहेछ
गरिबलाई भाषण र मिठो आश्वासन पो दिइदो रहेछ
यता शहरमा पर्र ताली बज्दै थियो
उता जनता भने भोकै मर्दै थिए !!
अझै कम भएन यो देखावटी कहिले सम्म ?? 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै