• २०८१ बैशाख १४ शुक्रबार

रसियामाथि ब्राजिलको सहज जित, कोन्टिन्हो, पाउल्हिन्होले गरे गोल  

kharibot

काठमाडौं  । आगामी फुटबल विश्वकपको आयोजक टिम रसिया ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

गएराती भएको खेलमा ब्राजिलले रसियामाथि ३-० को जित हासिल गरेको हो । ब्राजिलको जितमा बार्सिलोनाबाट खेल्ने खेल्दद्वय फिलिप कोन्टिन्हो, पाउल्हिन्हो र इन्टर मिलानबाट खेल्ने ब्राजिलका डिफेन्डर जाओ मिराण्डाले गरेका थिए ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा दोस्रो हाफको ५३औ मिनेटमा मिराण्डाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६२औ मिनेटमा ब्राजीलले पाएको पेनाल्टीलाई गोल गर्दै कोन्टिन्होले अग्रता दोब्बर पारेका थिए । त्यस्तै खेलको ६६औ मिनेटमा पाउल्हिन्होले गोल गर्दै ब्राजिललाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल ब्राजिलले ३-० ले जित्यो । 

विश्वकप अघिको अभ्यास खेलको रुपमा लिइएको यस खेलमा इन्जुरीबाट मैदान बाहिर रहेका ब्राजिलका नेइमार भने खेलेका थिएनन् । ब्राजिलले अब मार्च २८ मा जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्दै छ भने रसियाले मार्च २७ मा फ्रान्ससँग अर्को मैत्रीपूर्ण खेल खेल्दै छ ।     
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै