• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, निर्वाचनमा भएको हारको समिक्षा हुने 

kharibot

फाइल तस्बिर

काठमाडौं ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदैछ । 

केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि सुरु हुने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीले पाएको हारको औपचारिक रुपमा छलफल सुरु हुने कार्यसूची रहेको छ ।

चुनावपछि केन्द्रीय कार्यसमितिको बैठक यसअघि चार पटक बसे पनि चुनावी समिक्षा र पार्टीको अवको रणनीतिबारे आधिकारिक रुपमा छलफल नभएको र शुक्रबारदेखि छलफल सुरु हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द पौडेल समुहबीच एक अर्का लाई पराजयको दोष लगाउने होडबाजी चल्ने देखिएको छ । पौडेल समुहले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवा भएको भन्दै विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने माग गर्दै आएको छ । भने सभापति देउवा समुहले हारको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै नेतृत्व परिवर्तनले पार्टीको समस्या समाधान नहुने बताउदै आएको छ ।

बैठकमा धेरैजसो केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राख्ने भएकाले २-३ दिनसम्म बैठक लम्बिन सक्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै