• २०८१ बैशाख १४ शुक्रबार

दिल्ली डेयरडेभिल्सका पदाधिकारीहरु काठमाडौँमा, प्रधानमन्त्री ओलीको हातबाट सन्दीपलाई जर्सी हस्तान्तरण हुदै 

kharibot

काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्ध गरेको दिल्ली डेयरडेभिल्सका पदाधिकारीहरु काठमाडौँमा आएका छन् । 

दिल्ली डेयर डिभल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवासहितको टिम आज काठमाडौँ आएको हो । 

प्रमुख कार्यकारी अधिकृत दुवाले आजै एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको हातबात सन्दीपलाइ दिल्ली डेयर डेभल्सको जर्सी हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।

गत सोमबार मात्र आसीसी विश्वकप छनौट खेलेर नेपाल फर्किएका सन्दीप आगामी मंगलबार दिल्लीतर्फ जाने बताएका छन् ।नेपालको तर्फबाट पहिलो पटक आइपिएल खेल्न

लागेका सन्दीप वेस्टइण्डिजमा हुने क्यारेबियन प्रिमियर लिगमा पनि छनौट भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै