• २०८१ बैशाख १५ शनिबार

काँग्रेस कोषाध्यक्षको राष्ट्रिय सम्मेलन नुवाकोटमा आजदेखि

kharibot

नुवाकोट ।  नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुन लागेको छ । 

सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ, काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय कार्यसमितिका संयोजक गोविन्द पुडासैनीले भने– “सम्मेलनमा सहभागी हुने सबै जिल्लाका कोषाध्यक्ष आउने क्रम शुरु भएको छ ।” 

“पछिल्ला निर्वाचनको परिणामले पार्टी कमजोर बनाएको समयमा हुनलागेको यो सम्मेलनले पार्टीलाई थप सुदृढ र बलियो बनाउन सहयोग पुग्ने छ,” संयोजक पुडासैनीले भने–“पार्टीको केन्द्रीय पदाधिकारीसहित शीर्ष सबै नेता एकै मञ्चमा सहभागी हुने भएकाले गुटगत प्रवृत्तिको समेत अन्त्य गराउन सम्मेलन सार्थक हुने विश्वास छ ।” 

जननायक गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिको अवसर बनाएर आयोजना गरिएको सम्मेलन आजबाट शुरु भई भोलि बन्द सत्रसहित प्रशिक्षण र ९ गते रसुवाको स्याफ्रुबेंसीमा समीक्षा बैठकसहित पत्रकार सम्मेलन गरी सयुक्त घोषणापत्र जारी गरेर सम्पन्न हुने काँग्रेस रसुवाका कोषाध्यक्ष पदम न्यौपानेले जानकारी दिए । 

पार्टीका कोषलाई बढी व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन भेला केन्द्रित हुने जनाएको छ । काँग्रेसलाई अझ बढी सबल, सुदृढ र सक्षम बनाउनका लागि पनि यो सम्मेलनले सहयोग पु¥याउने काँग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए । 

सम्मेलनले पार्टीको भावी रणनीतिसमेत तय गरिने उनले भने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै