• २०८१ बैशाख १५ शनिबार

काठमाडौँ महानगरमा बाह्र नयाँ विद्यालयका लागि आवेदन

kharibot

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकामा चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि आवेदन परेको छ । 

कक्षा थपका लागि भने १०० निवेदन परेको छ । त्यसका लागि कामपाले नयाँ शैक्षिक सत्र शुरु हुनुभन्दा तीन महिना पहिले गत पुस मसान्तदेखि माघ समान्तसम्म निवेदन आह्वान गरेको थियो ।

प्रचलित शिक्षा ऐन, नियमावली र निर्देशिकामा रहेर कामपाले नयाँ विद्यालय खोल्न आवश्यक छ कि छैन भन्दै भौतिक संरचना, आवश्यक कागजातसहित स्थलगत अनुगमन गरिरहेको कामपा शिक्षा विभाग प्रमुख प्रह्लाद अर्यालले जानकारी दिए । 

नयाँ विद्यालय सञ्चालन गर्नका लागि गुठीअन्तर्गत जानुपर्ने भएकाले सोहीअनुरुप विद्यालय सञ्चालन गर्ने भन्दै निवेदन आएका छन् । विद्यालय निरीक्षक र स्रोत व्यक्तिले अनुगमन गरी प्रतिवेदन पेश भएपछि सोका आधारमा मात्र दर्ताका लागि अनुमति दिने-नदिनेबारे स्पष्ट हुन्छ । 

हाल कामपामा १०० सार्वजनिक विद्यालय र करीब ७०० निजी विद्यालय सञ्चालन हुँदै आएका छन् जसमा एक लाख ६५ हजार बालबालिका अध्ययनरत छन् । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनपछि स्थानीय तहलाई दिइएको अधिकारअनुरुप कामपाभित्रका सबै विद्यालय सञ्चालनको जिम्मा कामपामा आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै