• २०८१ बैशाख १४ शुक्रबार

कसैलाई खुशी बनाउन संविधान संशोधन हुँदैनः बामदेव गौतम

kharibot

नेपालगन्ज, नेकपा (एमाले) का कावा अध्यक्ष बामदेव गौतमले कसैलाई खुशी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन् ।

प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्पmबाट विजयी जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले तराई र पहाडबीच फाटो ल्याउने योजनालाई जनताले निर्वाचनमार्फत असफल बनाएका छन् बह्न्दै उनले भने “कसैलाई खुशी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आप्mनो दलको कुनै सहमति हुन सक्दैन ।”

बुधबारसम्म सञ्चालन हुने सो अभिमुखीकरणमा सहभागीलाई सो दलका नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिनुहुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै