• २०८१ बैशाख १५ शनिबार

क्रिकेटसँग सम्बन्धित निकाए र व्यक्ति इमान्दार भए  विश्वकप टाढा छैन : सन्दीप लामिछाने   

kharibot

काठमाडौं । विश्व क्रिकेट छनौट खेल खेलेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट  टिमको सोमबार नेपाल त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको छ । 

टोलीका युवा खेलाडी सन्दीप लामिछानेले कुरा गर्दै क्रिकेटसँग सम्बन्धित निकाए र व्यतिहरुमा इमान्दारीता हुनुपर्ने बताएका छन् । 

उनले सम्पुर्ण क्रिकेट फ्यानहरुलाई धन्यवाद भन्दै ‘आगामी चारवर्षका लागि पाएको एकदिवसीय मान्यता नै नयाँ नेपालको शुरुवात भएकोबताउदै नेपाली क्रिकेटमा  यो मुमेन्टलाई क्यारी गरिराख्नुपर्ने बताए ।

विश्वकपको यात्रा तय गर्न हरेक क्यान होस् वा क्रिकेट बोर्ड होस् सबै मिलेर अगाडी बढ्नु पर्ने बताउदै सन्दीपले सबै खेलाडीहरुले खेलमा इमान्दारीता देखाएको बताए । साथै उनले अब क्यानमा आउने जोसुकैले इमान्दारीताका साथ अगाडि बढ्यौ भने विश्वकपमा पुग्न समय नलाग्ने बताए ।’

सन्दीपले आफ्नो प्रदर्शनका बारेमा बोल्दै प्रतियोगितामा आफ्नो प्रदर्शन प्रति सन्तुष्टि व्यक्त गरे ।  

सन्दीपले प्रतियोगितामा ६ खेलमा १३ विकेट लिदै धेरै विकेट लिनेको सुचिमा चौथो स्थानमा रहे । सन्दीपले प्रतियोगितामा कुल ५७.४ ओभर बलिङ गर्दै सर्वाधिक ९ मेडन ओभर फालेका छन् । अन्तिम खेलमा नेदरल्याण्डविरुद्ध १४ रन नट आउट बनाएर सन्दीपले टिमलाई परेको बेलामा रन पनि बनाउन सक्छन भन्ने देखाएका छन् ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै