• २०८१ बैशाख १४ शुक्रबार

महानगरकी एक्ली महिला वडाध्यक्ष सापकोटा विकास निर्माणदेखि महिला शसक्तिकरणमा व्यस्त 

kharibot

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका ३२ वडा मध्य एक्लि महिला वडाध्यक्ष हुन् १४ नम्बर वडाकी वडाध्यक्ष शोभा सापकोटा ।  

स्थानीय तह बनेसँगै वडा नम्बर १४ मा विभिन्न किसिमका तालिमदेखि सडक निर्माण र सुधारका धेरै काम भएको सापकोटा बताउछिन् । जसमध्ये  सन्तोषी मन्दिर जानेबाटो, हाक्ति गल्ली,  शान्तिटोल, उमादेवी गल्ली, बल्खु-टेकु सिमामा एक ठाउँ ढलान र दुईठाउँ ब्लक छाप्ने काम अहिलेसम्म सम्पन्न गरीएको वडाध्यक्ष सापकोटाले बताईन्  ।  

न्युडाईमण्ड स्कुल परिसरको मंगल सफा, इन्द्रावती खोला सरसफाई, आश्रम गल्लीमा ढुङ्गा छाप्ने ,  बुद्ध मार्गमा इनार मर्मत तथा सरसफाई,  टीयु गल्लीमा ढलान,  सुनाखरी मार्गमा पर्खाल लगाउने कार्य , भगवतीमार्गमा ढलान, कुमारी मार्गमा सडक निर्माण तथा ढलान,  आर्किड कोलोनीमा पिच,  त्यस्तै सडक बक्ति जडान, सन्धिमार्गमा ढलान, त्यस्तै कलंकि मन्दिर रंगरोधन लगाएका काम अहिलेसम्म गरिएको सापकोटाले बताइन् । 

त्यस्तै मास्टर मार्ग दुई ठाउँमा ढलानँ, सुनारे गाउँतल ढलान , मदन नगरको गल्लीमा ढुङ्गा छापिएको छ । आश्रम मार्गमा ढुङ्गा तथा ब्लक छाप्ने काम सम्पन्न भएको छ । 

त्यस्तै वडाभरी नै ओभर ल्याब सुरु गरीएको, कलंकीको फुटपात ब्यवस्थापनको काम, जथाभाबी सडक पार्किङ ब्यवस्थित भएको,  कलंकि तथा कुलेश्वरमा फुटपात तथा सडक पार्किङ्ग ब्यवस्थित गरीएको, बल्खु खोलामा दुईतीरको ट्रयाक खोल्न लागेको र त्यसको लागी निर्णय भइसकेको र नापी र मालपोतमा चिठी पठाइसकेको सापकोटाले जानकारी दिईन् । त्यस्तै ४ ठाउँमा सोलार बक्ति र ठाउँठाउमा बत्ति जडानको काम भइरहेको, लामो समयदेखी अलपत्र परेको त्रिपुरेश्वर थानकोट सडक निर्माणमा काम सुरु भइसकेको उनले जानकारी दिइन् ।  

यी विकास निर्माणका काम बाहेक महिला शसक्तिकरण तथा उत्थानको लागी आएको रकम महिलालाई आर्थिक रुपमा सम्पन्न बनाउन तथा सिप सिकाउनको लागी कामहरु भएको उनेल बताइन । जसमा अचार बनाउने तालिम,  फेवरिकको माला बनाउने तालीम, १५ दिने उद्घोषण तालीम संचालन, कौसिखेतीको तालीम, ब्यर्टिपार्लरलगायतको तालिममा अहिलेसम्म २ सय भन्दा बढी सहभागी भइसकेको बताइन् ।  त्यस्तै एक हप्ताको लागी ५० जनालाई बेकरीको तालिम प्रदान गरीएको पनि जानकारी दिईन् । 

आफु सधै महिला सशक्तिकरण र उत्थानको लागी काम गर्दे आएको बताउने सापकोटाले छोटो समयमा नै धेरै काम गरीसकेको बताएकी छिन् ।  

कौसिखेती प्रभाबकारी भएकाले पुन माग आएको बताउदै सापकोटाले महिलाहरु सिप सिक्न पाएर स्वरोजगार भएकोमा खुसि भएको बताइन् । कौसिखेती गर्दा घरबाट निस्केको फोहोर सदुपयोग हुने र ताजा, सफा र स्वस्थकर तरकारी खान सक्ने भएकाले धेरैले पून कौसिखेतीको तालीम लीन अग्रसर समेत रहेको बताइन्  ।  

कुषि बिज्ञबाट दिइको तालीम एकदमै प्रभावकारी भएको बताउदै सापकोटाले आफुले सिप सिक्न पाएको र घरबाट नै खाजा बनाएर बच्चाबच्चीलाई स्कुल लान समेत थालेको तालीम प्राप्त महिलाले बताएकोमा भएको बताइन्  ।  त्यस्तै ५ सय सम्म पर्ने फेबरीकको माला बनाउने ,खादा र ब्याच समेत आफुहरुले बनाउने सक्ने स्थानीयको कुरा सुन्दा उनी खुसि छिन् । 

आफु सधै जनताको हक, हित र अधिकारको लागी काम गर्न अग्रसर रहदै आएको बताउँने सापकोटा आफ्नो वडामा अझ धेरै काम गर्न बाकि रहेको बताउछिन् । ढल नभएको ठाउँमा ढल बनाउने, खानेपानीको ब्यवस्था गर्ने, सडक पिच गर्ने,  साघुँरो बाटो बढाएर कम्तीमा ट्याक्सिसम्म जानेबाटो बनाउने, कम्तीमा एक घर एक रुख रोप्ने, सडकका दायाँ,  बाँया फुल तथा बोटबिरुवा रोप्ने र १४ नम्बर वडालाई अरु वडा भन्दा सफासुग्घर, हरभरा,  प्रदुषण रहित बनाउने आगामी कार्यक्रम रहेको पनि उनले बताइन् ।  


  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै