• २०८१ बैशाख १५ शनिबार

सुनसरीमा आगलागीबाट ६२ घर जलेर नष्ट, एक जना घाइते

kharibot

फाइल तस्बिर

सुनसरी । सुनसरीमा भएको आगलागीमा ६२ घर जलेका छन् । बराह नगरपालिका–११ बस्ने पुरण चौधरीको घरबाट लागेको आगोले गएराति करिब ६२ घर पूर्ण जलेको प्रहरीले जनाएको छ ।

राती करिब ८ बजेतिर विधुत सर्ट भइ आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिन बिराटनगर, ईटहरी, धरान, ईनरुवा झुम्काबाट दमकल आगो निभाउन पुगेका थिए । 

५ वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगो रानी नै नियन्त्रणमा आएको  छ । आगलागीबाट भएको क्षतिको विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

आगो निभाउने क्रममा कोशी गाउँपालिका–३ बस्ने ४१ बर्षिय प्रभु सरदार घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै