• २०८१ बैशाख १६ आइतबार

अफगानिस्तानबाट सेना फिर्ता बोलाउनु हुदैन – राष्ट्रपति ट्रम्प

kharibot

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् । 

उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताएका हुन् । 

अमेरिकी विदेश नीति सम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन् । 

अफगानिास्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिवानहरुको मनोबल बढ्न पनि सक्नेतर्फ सचेत रहनेतर्फ पनि सोच्नुपर्नेमा उनले सो सम्बोधनका क्रममा जोड दिए । 

यस अघि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्विकार गर्दै उनले तर अबको विकसित परिस्थितिमा भने सोच्नुपर्नेमा उनले जोड दिए । 

हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सेना रहेका छन् । त्यस्तै अन्य ५ हजार नेटोआवद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताएका छन् । 

शुक्रबार क्याम्प डेबिटमा भएको सुरक्षा अधिकारीहरुसँगको बैठकपछि उनले आवश्यक परेमा बरु अमेरिकी सेना नै थप्न सकिने बताएका थिए । तर ती सैन्य के कति सङ्ख्यामा थपिने हुन भन्ने बारेमा बारेमा भने केही बताइएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै