• २०८१ बैशाख १४ शुक्रबार

दुवै छिमेकीसँगको सम्बन्धलाई अझ सुदृढ गरिने - नवनियुक्त परराष्ट्रमन्त्री ज्ञवाली

kharibot

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रालयले आर्थिक वर्ष २०७५-७६ मा सम्पादन गर्ने कार्यहरुको प्रस्तावलाई स्वीकृति गर्दै शुक्रबार आफ्नो कार्यभार सम्हालेका छन् । 

शीतल निवासमा मन्त्री पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पद बहाली गर्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । उनले भने, “नेपाल छिमेकीको कुभलो चिताउँदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।” 

विसं २०६२-६३ को ऐतिहासिक गणतान्त्रिक आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा रहेको शान्ति प्रक्रियाको कार्यभार पूरा गर्न महत्वपूर्ण योगदान दिनुभएका मन्त्री ज्ञवालीले ११ वर्षपछि महत्वपूर्ण मन्त्रालयको कार्यभार सम्हालेका हुन् । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मन्त्रालयले आर्थिक कूटनीतिमा जोड दिएको बताउँदै नवनियुक्त मन्त्री ज्ञवालीको नेतृत्वमा मन्त्रालयले फड्को मार्ने विश्वास गरे । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै