• २०८१ बैशाख २९ शनिबार

प्रधानमन्त्री ओलीद्वारा सरकार विस्तार, को को बने मन्त्री ?

kharibot

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक सरकार विस्तार गरेका छन् । गत फागुन ३ गते दुई मन्त्रीसहित शपथ खाएका प्रधानमन्त्रीले गत फागुन १४ गते ४ मन्त्री थपेका थिए । 

सरकार विस्तार गर्ने क्रममा मधेसी दललाई सहभागी गराउने प्रधानमन्त्री ओलीको प्रयास आज पनि सफल हुन् सकेन । फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा समावेश गराउने सहमति भएपनि फोरमको आन्तरिक विवादले आजको सरकार विस्तारमा फोरम सहभागी भएन । 

दोस्रो पटकको सरकार विस्तारमा एमालेबाट ६ मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका छन् भने माओवादीबाट ५ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । 

एमालेबाट थपिएका प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री बनेका छन् बहने गुल्मी जिल्लाकै अर्का सांसद गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री बनेका छन् । त्यस्तै रघुवीर महासेठ भौतिक पूर्वाधार तथा योजनामन्त्री बनेका छन् ।

त्यस्तै माओवादी केन्द्रबाट यस अघि अर्थमन्त्री बनेका बर्षामान पुन उर्जामन्त्री बनेका छन् भने अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर खानेपानी तथा सरसफाई मन्त्री बनेकी छन् । माओवादीबाट यस पटक बिना मगर र चक्रपाणी खनाल मन्त्री बन्नेमा नयाँ अनुहार हुन् । 
 
अहिलेसम्म ओली नेतृत्वमा गठन भएको मन्त्रिपरिषद यस्तो छ :

१    प्रधानमन्त्री : केपी शर्मा ओली  (एमाले)
२    गृह मन्त्रालय : रामबहादुर थापा (माओवादी केन्द्र)
३    अर्थ तथा योजना मन्त्रालय : युवराज खतिवडा (एमाले)
४    परराष्ट्र मन्त्रालय : प्रदीप ज्ञवाली (एमाले)
५    रक्षा मन्त्रालय : ईश्वर पोखरेल (एमाले)
६    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : रघुवीर महासेठ (एमाले) 
७    संघीय मामिला तथा सामान्य प्रशासन : लालबाबु पण्डित (एमाले)
८    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय : शेरबहादुर तामाङ (एमाले)
९    पर्यटन मन्त्रालय : रविन्द्र अधिकारी (एमाले)
१०    शिक्षा मन्त्रालय : गिरिराजमणि पोखरेल (माओवादी केन्द्र)
११    युवा तथा खेलकुद मन्त्रालय : चक्रबहादुर सुनार (एमाले)
१२    ऊर्जा, जलस्रोत र सिचाई मन्त्रालय : बर्षामान पुन  (माओवादी केन्द्र)
१३    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : मातृका यादव (माओवादी केन्द्र)
१४    खानेपानी तथा सरसफाइ मन्त्रालय : वीना मगर (माओवादी केन्द्र)
१५    वन मन्त्रालय : शक्ति बस्नेत (माओवादी केन्द्र)
१६    कृषि तथा सहकारी: चक्रपाणी खनाल (माओवादी केन्द्र)
१७    श्रम तथा रोजगार मन्त्रालय : गोकर्ण विष्ट (एमाले)
१८    महिला बालवालिका मन्त्रालय : थममाया थापा (एमाले)
१९    सूचना सञ्चार राज्यमन्त्री : गोकुल बास्कोटा (एमाले)
२०    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री : पद्मा अर्याल (एमाले)
२१    पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री : धनबहादुर बुढा (एमाले)
२२    कृषि राज्यमन्त्री : रामकुमारी चौधरी (माओवादी केन्द्र)


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय