• २०८१ बैशाख १४ शुक्रबार

के यी अमिताभ बच्चन हुन् ? 

kharibot

अहिले इन्टरनेटमा अमिताभ बच्चनको तस्बिर भन्दै एउटा तस्बिर भाइरल भएको छ ।

हाल फिल्म ‘ठग्स अफ हिन्दुस्थान’ को सुटिंगमा व्यस्त अमिताभ बच्चनको यो तस्बिर फिल्ममा बहिनी गरेको भनिएको छ । बितेका केही दिनदेखि आँखा पट्टी बाधेर चस्मा लगाएको उक्त तस्विरले अमिताभको नयाँ अनुहार भएको दाबी गरिएको थियो ।

तर त्यो तबिर अमिताभ बच्चनको नभएको खुलासा भएको छ । तस्विरमा देखिएका यी व्यक्ति पाकिस्तानमा रहेका अफगानी शरणार्थी शाहबाज हो । यो तस्विर पाकिस्तानका प्रशिद्ध फोटोग्राफर स्टीव मक्करीले पाकिस्तानमा खिचेका थिए । यो तस्विर २७ जनावरी २०१७ मा इन्स्टाग्राममा पोष्ट गरेका थिए । शाहबाजको रुप अमिताभ बच्चनसँग मिलेको देखिएको छ । 

‘ठग्स अफ हिन्दुस्तान’को कारण अमिताभलाई दुख 

केही दिन पहिले अमिताभ बच्चनले ब्लग लेखेर आफनो स्वास्थ्य  खराव भएको कुरा जानकारी गराएका थिए । 

यस ब्लगको पश्चात अमिताभको स्वास्थ्यको बारेमा आर्टिकल आएको थियो । श्रीमती जया बच्चनले भनेकी थिइन् –‘अमिताभको स्वास्थ्य ठिक छैन, कम्मरका दुखाई छ , गर्दनमा पनि दुखाइ छ, धेरै दुखाई छ । यसकारण समस्या हो अरु सबै ठिक छ ।’ 

जया बच्चन ‘फिल्म ठग्स अफ हिन्दुस्तान’को क्रममा अमिताभले लगाएको पोशाकको कुरा गरिरहेकी थिइन्  । 

उक्त फिल्ममा अमिताभ बच्चनको साथै अमिर खान, कट्रीना कैफ, फातिमा सना सेख जस्ता कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशन यस अघि धुम ३ निर्देशन गरेका निर्देशक विजय कृष्ण आचार्यले गरेका छन् । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै