• २०८१ बैशाख १४ शुक्रबार

प्रधानसेनापतिबाट खत्रीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान 

kharibot

काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथीमाबढुवा भएका काजी बहादुर खत्रीलाई दर्जानी चिह्न प्रदान गरेका छन् । 

आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा खत्रीलाई दर्जानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत फाल्गुन २८ गतेको बैठकले युद्धकार्य निर्देशनालय, बलाधिकृत विभागका निर्देशक सहायक रथी काजी बहादुर खत्रीलाई उपरथी दर्जामा पदोन्नती गरेको थियो ।     

उपरथी दर्जामा पदोन्नती भएका खत्रीलाई राष्ट्रिय सुरक्षा परिषद्को सह संयोजकको जिम्मेवारी दिईएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै