• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैंकद्धारा आजबाट दुुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री सुुरु

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत एक गते आज बिहिबारबाट दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र बिक्री सुरु गरेको छ । राष्ट्र बैंकका अनुसार पाँच वर्षे अवधिको नागरिक बचत पत्र २०७९ (ख) बिक्री सुरु गरिएको हो । 

बिक्री खुला हुने अवधि २०७४ चैत १ गतेदेखि चैत २१ गतेसम्म तोकिएको बचतपत्रको निष्काशन मिति २०७४ चैत २६ गते तोकिएको छ भने सावाँ भुक्तानी मिति २०७९ चैत २६ गते तोकिएको छ  ।

राष्ट्र बैंकका अनुसार प्रत्येक छ÷छ महिनामा ब्याजदर भुक्तानी हुुने उक्त बचतपत्रमा वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको छ । नेपाली नागरिकले मात्र खरिद गर्नसक्ने उक्त बचतपत्र घटीमा दश हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नुुपर्नेछ । 

राष्ट्र बैंकका अनुसार खरिद गरिएको बचतपत्र धितो राखेर राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा फाइनान्स कम्पनीहरुसँग कर्जाको लागि धितो समेत राख्न सकिनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै