• २०८१ बैशाख १५ शनिबार

कामुप्रधानन्यायधीशको हैसियतमा जोशीले तोके इजलास, पराजुलीको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाइयो

kharibot

वरिष्ठ न्यायधीश दीपकराज जोशी

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कामय मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् ।

सर्वोच्च प्रशासनले पराजुलीको नाम प्रधानन्यायाधीशको सूचीबाट हटाएको छ र जोशी कामु प्रधानन्यायाधीश भएको जनाएको छ । पराजुलीले आफू नै प्रधानन्यायाधीश भएको दाबी गरे पनि सर्वोच्च प्रशासनले उनको नाम प्रधानन्यायाधीशबाट हटाएको छ । 

न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई साउनमै अवकास पाएको पत्र थमाएपछि जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् ।

साथै कायममुकायम प्रधानन्यायधीशको हैसियतमा जोशीले आजको इजलास समेत तोकेका छन् । जोशीले पेसी तोक्ने भएपछि पराजुलीले तोकेको इजलास बहिष्कार गर्ने निर्णय गरेका सर्वोच्चका आठ जना न्यायाधीश पनि आजदेखि इजलासमा फर्कने भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै