• २०८१ बैशाख १४ शुक्रबार

‘शत्रु गते’ को मोफसल टुर ‘रुस्लान मह शत्रु गते यात्रा’ सकियो 

kharibot

काठमाडौँ । पछिल्लो समय गीतसंगीत तथा ट्रेलरका कारण चर्चामा रहेको फिल्म ‘शत्रु गते’ ले मोफसल टुर सकेको छ । 

आउदो चैत्र ९ मा प्रदर्शनमा आउने फिल्मको बारेमा जानकारी गराउने तथा दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने उदेश्यले टुरको आयोजना गरिएको निर्माण युनिटले जनाएको छ । 

रुस्लान भोड्कासँगको सहकार्यमा ‘रुस्लान मह शत्रु गते यात्रा’ नाम दिइएको टुरमा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , प्रस्तुतकर्ता किरण केसी , अभिनेत्री दीपाश्री निरौला , शिवहरि पौडेल , पल शाह र आँचल शर्मा सहभागी थिए । 

गत फागुन २३ मा हेटौडाबाट सुरुवात भएको टुर २४ गते नारायणगढ , २५ गते बुटवल , २६ गते पोखरा , २८ गते बिर्तामोड , २९ गते दमक हुदै ३० गते इटहरी पुगेर सकिएको छ । फिल्म युनिट माथि उल्लेखित स्टेसनमा कन्सर्ट तथा पत्रकार सम्मेलन मार्फत स्थानिय र सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । फिल्म चैत्र ९ मा रिलिज हुनेछ ।

निर्माता समेत रहेका अभिनेता हरिवंश आचार्यले टुर निकै रमाइलो भएको र फिल्मकै लागि निकैपछी यस किसिमको अनुभव गर्न पाएको बताए । उनले टुरबाट दर्शकको लागि सार्वजनिक गरेको सामाग्रीले कस्तो प्रभाव पारेको छ भन्ने जान्न पाइएको बताउदै यस किसिमको टुरले शत्रु गते मात्र होइन यसपछी आउने नेपाली फिल्मलाई पनि फाइदा पुर्याउने बताए । अहिले दर्शकको टेस्ट बदलिएको मात्र छैन, उँहाहरु एडभान्स भैसकेको बह्न्दै आचार्यले अब फिल्म मेकरले दर्शकको रुची अनुसार फिल्म बनाउन झनै मेहनत गर्नुपर्ने बताए

अर्का अभिनेता किरण केसीले दर्शकको प्रतिक्रियाले अत्यन्त उत्साहित भएको बताए । केसीले गीतसंगीतलाई जसरी माया गर्नु भएको छ, त्यो शब्दमा बयान गर्न नसकिने भन्दै मोफसलका दर्शकले देखाउनु भएको मायाको प्रति आभार व्यक्त गरे । 

अभिनेत्री दीपाश्री निरौलाले दर्शकसँग प्रत्यक्ष जोडिन पाउदा सधै रमाइलो महसुस हुने बताउदै  यस टुरमा शत्रु गतेको लागि दर्शकको पर्खाइ देखेर निकै खुसि भएको बताइन । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै