रुस्लान डिपिएल-२ लाई आसीसीको मान्यता 

खरीबोट
ad

काठमाडौं । आउँदो चैत १७ गतेदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग डीपीएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता पाएको छ । 

आईसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लिभ हिटकोक पत्र पठाएर डिपिएललाई मान्यता दिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । 

आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ । रुस्लान डीपीएल–२ लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउँनुले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले खेल्दैछन ।  

प्रतियोगिताको अक्सन यहि फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन् । 
यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ ।
 

सम्बन्धित समाचार

रुस्लान डिपिएल-२ को ट्रफी सार्वजनिक 

कैलाली । रुस्लान डिपिएल-२ टि-२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । शनिबारदेखि धनगढीमा आयोजना हुने प्रतियोगिताको शुक्रबार खेल मैदानमा पत्रकार सम्मेलन गरी विजेता टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो

रुस्लान डिपिएल-२ लाई आसीसीको मान्यता 

काठमाडौं । आउँदो चैत १७ गतेदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग डीपीएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीबाट मान्यता पाएको छ ।  आईसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर क्लिभ हिटकोक पत्र पठाएर डिपिएललाई

रुस्लान डिपिएल-२ मा जगशक्ति टिएमटी बार सहप्रायोजक 

काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग-२ (डिपिएल-२) को प्रायोजकमा जगदम्बा इन्टरप्राइजेजको जगशक्ति टिएमटी बारले प्रयोजनसम्बन्धि सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रमका बीच धनगढी क्रिकेट एकेडेमी र जगदम्बा इन्टरप्राइजेजका बीच सो