• २०८१ बैशाख १६ आइतबार

भगवानका बारेमा के भनेका छन् स्टेफन हकिङले ?

kharibot

काठमाडौँ ।  संसारले चिन्ने वैज्ञानिक स्टेफन हकिङले ७६ वर्षको उमेरमा यो दुनिया छोडेका छन् । 

हकिङको विज्ञानको क्षेत्रमा आफ्नो कामको प्रभावले संसारभरीको करोडौं युवालाई विज्ञान पढ्नको लागि प्रेरित गरेका थिए ।  तर हकिङले विज्ञानको नजरबाट नै भगवान पृथ्वीमा मानिसको अन्त्य र एलियनको अस्तित्वमाथि आफ्नो कुरा कडा रुपमा राखेका छन् । 

यद्यपि हकिङले यो वयानको लागि धार्मिक संस्थाको विरोध सामाना गर्नु भने परेको थियो ।  स्टेफन हकिङले आफ्नो किताब ‘द ग्रान्ड डिजाइन’ मा भगवानको अस्तित्वलाई नकारेका छन् । 

उनले एक नयाँ ग्रहको बारेमा कुरा गर्दै हाम्रो सौर्य मण्डलको खास समिकरण र भगवानको अस्तित्वमाथि माथि सवाल उठाँएका छन् । 

१९९२ मा एक ग्रहको खोजको लागि गएका थिए । जो हाम्रो सुर्यको ठाँउमा कुनै अन्य सुर्यको चक्कर लगाइरहेको छ । हकिङले यसको उदाहरण दिदै भनेका छन् । यो खोजले बताउछ की हाम्रो सौर्य मण्डलको खगोलिय संयोग एक सुर्य, पृथ्वी र सुर्य बिचमा उचित दुरी र सोलार मास, प्रमाणको तरिकाबाट यो मान्नको लागि काफी छैन । 

उनीले सृष्टिको निर्माणको लागि गुरुत्वाकर्षणको नियमलाई श्रेय दिएका छन् ।  हकिङको विचारमा गुरुत्वाकर्षण त्यो नियम हो, जसको कारणले ब्रह्माण्ड आफुले आफुलाई शुन्यबाट एक पटक फेरी शुरु गर्न सक्छ  र गर्छ पनि । यो अचानक हुनेवाला खगोलिय घटनाहरु हाम्रो अस्तित्वको लागि जिम्मेवार छ । यसैले ब्रह्माण्डलाई चलाउन भगवानको आवश्यकता छैन । 

हकिङको यो बयानको कारण इसाइ धर्म गुरु र अरुको पनि विरोधको सामाना गर्न परेको थियो । स्टेफेन हकिङले संसारको सामुन्ने ब्रह्माण्डमा एलियनको अस्तित्वलाई लिएर कडा चेतावनी दिएका थिए । 

हकिङले आफ्नो लेक्चर ‘लाइफ इन द यूनिभर्स’ मा भविष्यमा मानिसहरु र एलियनबीचको सम्बन्धलाई लिएर आफ्नो विचार राखेका थिए ।  भौतिक शास्त्रको महान वैज्ञानिक हकिङले भनेका थिए यदि पृथ्वीमा जीवन पैदा हुने समय सही छ भने ब्रह्माण्डमा यस्तो धेरै तारा हुन आवश्यक छ । जहाँ जीवन हुनेछ । यसमा पनि केही तारामण्डल धरती बानाउनको लागि ५ बिलियन वर्ष पहिले जन्मिसकेको थियो ।

यस्तोमा ग्लेक्सीमा मेसिन र जैविक जीवनको प्रमाणहरु किन देखिदैनन । अहिलेसम्म कोही पृथ्वीमा किन आएनन् र किन कब्जा गर्न सकेनन् ? म यो मान्दिन की युएफओमा आउटर स्पेसको एलियन हुन्छ । म सोच्दछु की एलियनलाई पृथ्वीमा आउन खुला थियो भने सायद हाम्रो लागि राम्रो हुने थिएन ।

ब्रह्माण्डमा जीवन खोज्नको लागि सेती नामको एक प्रोजेक्ट थियो । यो प्रोजेक्ट रेडियो तरंगलाई स्क्यान गर्दथ्यो । ताकी हामी कुनै एलियन सभ्यताबाट आएको सन्देश हासिल गर्न सकौं । मलाई लागेको थियो यो प्रोजेक्टलाई अगाडि बढाएर जान आवश्यक पर्छ । पैसाको कमीको कारण यो प्रोजेक्ट पछि बन्द भयो ।  

हामी थोरै अझै विकसित हुदासम्म पर्खनु पर्दछ । हाम्रो वर्तमान स्वरुपमा हामी एक कुनै आधुनिक सभ्यतासँग मिल्छौं । जस्तै अमेरिकाको वास्तविक बासिन्दा रेड इन्डियन र कोलम्बसबीचको मिलन बैठक जस्तो हुन्छ । 

मलाई लाग्दैन इन्डियनहरु कोलम्बसँग भेटेर लाभान्वित भएका थिए । स्टेफन हकिङले भनेका थिए पृथ्वीमा मानवीयताको भविष्यलाई लिएर द्वन्द शुरु भएको घोषणा गरेका थिए

उनले भने म विश्वास गर्छु की मानिसहरुलाई पृथ्वीको अन्त हुनबाट बचाउनको लागि अर्को ग्रहलाई अपनाउनु पर्दछ र मानिसले अर्को १०० वर्षमा यो तयारी पुरा गर्नुपर्छ । जसले गर्दा पृथ्वी छोडेर जान सकियोस् । 

एजेन्सीहरुको सहयोगमा 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै