सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै

खरीबोट

फाइल तस्बिर

ad

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् । 

चालू आव २०७४÷७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए । कुपोषित भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा छन् । 

जिल्लामा बालबालिकालाई कुपोषणबाट बचाउनका लागि विभिन्न जनचेतना कार्यक्रम तथा सहयोगका कार्यक्रम सञ्चालन गरिएको भए पनि कुपोषित बालबालिकाको संख्या घट्न सकेको छैन । कुपोषित हुनेमा सबैभन्दा बढी दलित समुदायका बालबालिका रहेको उनले जानकारी दिए । कुपोषणमा परेका बालबालिका २३ महिना भन्दामुनिका छन् । 

आव २०७३÷७४ मा १७५ कुपोषित बालबालिका थिए । कुपोषण घटाउन जिल्लामा हाल पोषणको क्षेत्रमा सुआहारा कार्यक्रम र कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । खानपानमा ध्यान नदिँदा, गरिबी र अशिक्षाको कारण बालबालिकामा कुपोषणको समस्या देखिएको हो । क्षेत्रीय अस्पतालसहित ५१ वटा स्वास्थ्य संस्थामा कुपोषण भए नभएको चेकजाँच गरिँदैआएको छ । 

सम्बन्धित समाचार

सुर्खेतमा प्रदेश स्तरको विमानस्थल बन्ने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्ने भएको छ ।  अन्तर्राष्ट्रिय स्तरका रुपमा निर्माण हुने भनिएको विमानस्थलमा बढी लागत लाग्ने भएकाले अहिले प्रादेशिक विमानस्थल निर्माण गर्ने भएको हो ।  यसअघि

सुर्खेतमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल

सुर्खेत / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफल भएको छ ।  गृह मन्त्रालय तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै

सुर्खेतमा भिषण बर्षा हुदा बजार डुबानमा, अझै केहि दिन बर्षा हुने 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भिषण बर्षा हुँदा केही स्थान डुवानमा परेका छन् । बिहिबार सुर्खेतमा ४९ मिलिमिटर बर्षा भएको हो । पश्चिमि भेगको केही स्थानमा विगत ११ दिनदेखि आधि

ट्र्याक्टरको ठक्करबाट सुर्खेतमा पैदल यात्रीको मृत्यु

सुर्खेत / ट्र्याक्टरले ठक्कर दिँदा पैदल हिँडिरहेका एकजना वृद्धको मृत्यु भएको छ ।  सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० नारायण पेट्रोलपम्प अगाडि पैदल हिँडिरहेका बेला ट्र्याक्टरले ठक्कर दिँदा तातोपानी गाउँपालिका–४ जुम्ला बस्ने ६२ वर्षीय