भेरीमा डुबेर मजदुरको मृत्यु

खरीबोट

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको राकम नजिकै भेरी नदीमा डुबेर एक जना मजदुरको मृत्यु भएको छ । 

आज बिहानको समयमा सडकको काम गरेर दिउँसो १२ बजे भेरी नदीमा नुहाउन जाँदा उनको डुबेर मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका वडा नं ४ विद्यापुरका २० वर्षीय खगेन्द्र बयक रहेको इलाका प्रहरी कार्यालय बादेपिपल राकमले जनाएको छ । खाना खाएर १२ बजेतिर भेरी नदीमा नुहाउन गएका वयक नदीमा डबेर अचेत अवस्थामा फेला परेका थिए ।

उनलाई थप उपचारका लागि मेहेलकुना अस्पतालमा लगिएको थियो । मृतक वयक पूर्वी सुर्खेतको राकम सडकमा मजदुरी गर्न आएका थिए ।

सम्बन्धित समाचार

सुर्खेतमा सौतेनी बाबुद्वारा छोरीलाई बलात्कार

वीरेन्द्रनगर। सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।  बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय

सुर्खेतमा पानीमा डुबेर मृत्यु

सुर्खेत  / वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ ।  सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला

आँपले बजार नपाउँदा सुर्खेतका कृषक चिन्तित

सुर्खेत / भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित छन्  ।  उत्पादन भएको आँपले बजार नपाएपछि उनलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ ।  “गत वर्ष

सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु

सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा सीधा हवाई यातायात जोड्ने प्रदेश सरकारको नीतिसँगै आजदेखि सुर्खेत–हुम्ला सीधा हवाई यातायात शुरु भएको छ ।  सीता एयरलायन्सको कलसाइन ९एनएजेएचको डोनियर विमानमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँ